Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०२ जेठ २०८१

नयाँ लाइसेन्सको आवेदक पाँच लाख नाघे

नयाँ लाइसेन्सको आवेदक पाँच लाख नाघे

नयाँ चालक अनुमतिपत्रका लागि आवेदन दिनेको संख्या पाँच लाख नाघेको यातायात व्यवस्था विभागको तथ्यांक छ । कोरोनाका कारण लामो समय बन्द भएर खुलेको लाइसेन्सका लागि देशभरका कार्यालयमार्फत हालसम्म सो संख्यामा सेवाग्राहीले फारम भरिरहेका छन्  । 

गत वर्ष चैतदेखि कोभिड–१९ का कारण सरकारले नयाँ चालक अनुमतिपत्रका लागि आवेदन लिने काम स्थगित गरेको थियो । झण्डै १० महिनासम्म अनुमतिपत्र बन्द भएर अहिले खुलेकाले चाप बढी भएको विभागको भनाइ छ । 

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को संक्रमण नेपालमा पनि देखिन थालेको थियो । नेपालमा दोस्रो संक्रमित भेटिएसँगै सरकारले लागु गरेको बन्दाबन्दीका कारण देशभरका सबै सरकारी कार्यालयसँगै यातायात व्यवस्था कार्यालय पनि बन्द भएका थिए । 

कार्यालयले चालक अनुमतिपत्र वितरण र नवीकरण जारी राखे पनि कार्यालयमा भीड हुने भन्दै नयाँ अनुमतिपत्र सेवा अवरुद्ध गरेको थियो । प्रदेश सरकारअन्तर्गत रहेका कार्यालय र संघीय सरकारअन्तर्गतको विभागबीचको समन्वयमा नै गत पुसदेखि नयाँ अनुमतिपत्र खुलाइएको थियो । 

प्रतिक्रिया