Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०२ जेठ २०८१

साँफेबगरमा अबैध रुपमा बाजुरा लिदै गरेको सामान बरामद

साँफेबगरमा अबैध रुपमा  बाजुरा लिदै गरेको सामान बरामद

प्रहरी चौकी चौखुट्टेले भारत बाट अबैध रुपमा ल्याउदै गरेको ईण्डियन बिंडी पक्राउ गरी कारबाहिको लागी करदाता सेवा कार्यालय साँफेबगरमा पठाएको छ ।

प्रहरी चौकी चौखुट्टेको च. न. १२९ को पत्र बमोजिम ना. ४ ख. ६२१३ नम्बरको ट्रक र च. न. १३१ को पत्र अनुसार ना. ७ ख. ९५५२ नम्बरको बस अबैध भारतिय बिडी सहित बरामद गरी कर दाता सेवा कार्यालय साँफेबगर मा अनुसन्धान का लागी पठाईएको कर दाता सेवा कार्यालय का प्रमुख धर्म रोकाया ले बताउनु भयो ।

आफुहरुले गरेको अनुसन्धान पछी ट्रक र बस दुबैलाई थप अनुसन्धानका लागी आन्तरिक राजश्वो कार्यालय डडेलधुरा पठाईएको पनि उहाँले जानकारी गराउनु भयो ।

प्रतिक्रिया