Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०३ जेठ २०८१

प्रेस संगठन कैलालीद्धारा ५१ सदस्यीय कमिटी विस्तार

प्रेस संगठन कैलालीद्धारा ५१ सदस्यीय कमिटी विस्तार

प्रेस संगठन कैलालीले ५१ सदस्यीय कमिटी विस्तार गरेको छ ।  संगठनका कैलाली संयोजक हरिस बिकको अध्यक्षतामा सोमबार बसेको बैठकले ५१ सदस्यीय कमिटी विस्तार गरेको हो । प्रेस संगठन सुदूरपश्चिम प्रदेश सह सयोजक नबराज भण्डारीको प्रमुख आथित्यतामा उक्त बैठक सम्पन्न भएको हो ।

उनले आधिकारीक प्रेस संगठन आफु नै भएको स्पष्ट पारेका छन । उनले आज धनगढीमा गरिएको संगठनको भेला नभएर गुटको भेला मात्रै भएको आरोप लगाए । यस्तै प्रेस संगठन कैलालीका संयोजक हरिस विकले नयाँ सदस्यहरुलाई स्वागत गदैँ आफुहरुको संगठन नै आधिकारीक भएको बताए ।

साथै उनले बाटो विराएर बरालिदैँ हिँडेका साथीहरुलाई आफु संयोजक भएको संगठनमा आउन आह्वान गरेका छन । बैठकमा पत्रकार महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष अर्जुन शाह, सदस्य मुकेस चौधरी, प्रेस सङ्गठन सुदूरपश्चिम प्रदेश सदस्य तथा वानका केन्द्रिय सदस्य हरि जोशी, लक्ष्मी जैसी लगायतको सहभागीता रहेको थियो ।

उक्त बैठकले देशको संविधान र कानुनको रक्षाका लागि सधै कटिबद्ध हुने निर्णय समेत गरेको छ । बैठकको सञ्चालन संगठनका सचिव मिन ठकुरीले गरेका हुन । 

प्रतिक्रिया