Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०२ जेठ २०८१

गुड्दै गरेको भ्यानमा आगो सल्कियो - अछाम

गुड्दै गरेको भ्यानमा आगो सल्कियो - अछाम

अछाममा गुड्दै गरेको भ्यानमा आगो सल्किएर नष्ट भएको छ। 

जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ८ चण्डिका मोटेनामा नापी विभागको बा २ झ १७१२ नम्बरको पिकअप भ्यानमा आगो लागेर नष्ट भएको अछाम प्रहरीले बताएको छ। 

प्रहरीका अनुसार भ्यानको इन्जनमा आएको समस्याका कारण आगो सल्किएको हो।  आइतबार बेलुका साढे ७ बजेको समयमा भ्यानमा आगो सल्किएको इलाका प्रहरी कार्यालय साँफेले बताएको छ। 

चौरपाटि गाउँपालिकाबाट गाडी जिल्ला सदरमुकाम फर्कदै गर्दा एक्कासि धुवा आएको र आगो लागेको प्रहरीले बताएको छ। 

प्रतिक्रिया