Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०३ जेठ २०८१

धनगढिमा अनेरास्ववियु र राष्ट्रीय युवा संघले निकाल्यो राँके जुलुस

धनगढिमा अनेरास्ववियु र राष्ट्रीय युवा संघले निकाल्यो राँके जुलुस

नेकपाको दाहाल-नेपाल निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र राष्ट्रीय  युवा संघले बुधबार साँझ धनगढिमा राँके जुलुस निकालेकाे छ ।

प्रतिनिधिसभा विघटन र प्रधानमन्त्रीको कदमको विराेध गर्दै  जुलुस निकालेको अनेरास्ववियुका सचिवालय सदस्य युवराज कुँवरले बताउनु भयो ।

'भोलि बन्द सफल पारौं, केपी ओली मुर्दावाद, प्रतिगमन मुर्दावाद' लगायतको नारासहित राँके जुलुस निकालिएको हो ।

नेकपा दाहाल–नेपाल पक्षले बुधबार पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै पूर्व निर्धारित कार्यक्रमलाई परिमार्जन गरेर बिहीबार आम हड्तालको घोषणा गरेकाे पूर्व सन्ध्यमा राँके जुलुस निकालिएको हाे । 

प्रतिक्रिया