Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०३ जेठ २०८१

धनगढीमै घर भएर पनि मापदण्ड विपरित आवास खर्च बुझ्दै सुदूरपश्चिमका सांसद

धनगढीमै घर भएर पनि मापदण्ड विपरित आवास खर्च बुझ्दै सुदूरपश्चिमका सांसद

सुदूरपश्चिम प्रदेश सभा सदस्यहरुले धनगढी तथा धनगढीदेखि १५ किलोमिटरको दुरीभित्र आफ्नो निजी घर हुँदाहुँदै मासिक रूपमा आवास सुविधा बुझिरहेको पाइएको छ।

प्रदेश सभा सदस्य तथा पदाधिकारीहरुको सेवा सुविधा सम्बन्धी ऐन अनुसार १५ किलोमिटरभन्दा बढीको दूरीमा घर भएका सांसदहरूले मात्र आवास सुविधा पाउने व्यवस्था छ। तर सो दुरीभित्र अर्थात धनगढीकै सेरोफेरोमा आफ्नो निजी घर हुँदाहुँदै अधिकांश प्रदेश सभा सदस्यहरुले मासिक रूपमा आवास सुविधा बुझिरहेको पाइएको हो।

सुदूरपश्चिम प्रदेश सभाका ५३ जना प्रदेश सदस्य मध्ये ३८ जनाले अहिले मासिक रूपमा आवास सुविधा बुझिरहेका छन्। जसमध्ये ६ भन्दा बढी प्रदेश सदस्यहरुले मापदण्ड विपरित मासिक आवास सुविधा बुझिरहेका छन्।

धनगढीमै घर भएपनि आवास सुविधा लिइरहेका प्रदेश सभा सदस्यहरुमा चुनकुमारी देवी चौधरी, नेपालु चौधरी, पूर्णा जोशी, मालामती देवी रानाथारू, वीरमान चौधरी र सुशीला बुढाथोकी रहेका छन्। यी सांसदहरूले आवास सुविधा वाफत मासिक १७ हजारदेखि २० हजारसम्म बुझिरहेका छन्।

प्रतिक्रिया