Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १५ बैशाख २०८१

घरमा पहिरो खस्दा बाबुछोराको पुरिएर मृत्यु, आमा गम्भीर घाइते

घरमा पहिरो खस्दा बाबुछोराको पुरिएर मृत्यु, आमा गम्भीर घाइते

कैलाली : दार्चुलामा पहिरोमा पुरिएर बाबुछोराका मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छन्। जिल्लाको नौगाड गाउँपालिका ४ होपरीमा नहर भत्किदा गएको पहिरोले बाबुछोराको मृत्यु भएको हो भने आमा गम्भीर घाइते भएकी हुन्।

गए राति १२ बजेतिर घरमाथि रहेको जलविद्युतको नहर भत्किँदा गएको पहिरोले स्थानीय २५ वर्षीय चन्द्रसिंह महता र उनका ४ वर्षीय छोरा सुशान्त महताको मृत्यु भएको नौगाड गाउँपालिकाका उपाध्यक्ष गौरीदेवी ठगुन्नाले जानकारी दिइन्।

उनकी श्रीमती चनमति महता गम्भीर घाइते रहेको र उनलाई गोकुलेश्वर अस्पतालमा लगिएको छ। मृतक चन्द्र महताको घर पूर्ण रूपमा क्षति भएको उनले बताइन्।

प्रतिक्रिया