Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १४ बैशाख २०८१

मानव अधिकार तथा शान्ति समाज अछाम शाखाको १७ औं साधारणसभा बाट नयाँ नेतृत्व चयन

मानव अधिकार तथा शान्ति समाज अछाम शाखाको १७ औं साधारणसभा बाट नयाँ नेतृत्व चयन

मानव अधिकार तथा शान्ति समाज अछाम शाखाको १७ औं साधारणसभा सम्पन्न भएको छ शाखाका अध्यक्ष हिक्मत बहादुर धामीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि अछाम क्याम्पसका क्याम्पस प्रमुख छत्रबहादुर बिष्ट रहनुभएको थियो भने विशिष्ट अतिथि मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सचिव मदन बहादुर कुवर रहनु भएको थियो ।

कार्यक्रममा नेपाली काङ्ग्रेस अछामका पाटी उपसभापति चन्द्र प्रसाद ढुंगाना ,नेकपा जिल्ला सचिवालय सदस्य नमराज न्यौपाने ,राप्रपाका नेता दिनेश शाह ,मंगलसैन नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारी,मानव अधिकार तथा शान्ति समाजकापुर्व अध्यक्ष सन्कर रावल ,खडक भण्डारी लगायतको उपस्थित रहेकोे थियो । साथै उक्त साधारणसभा बाट नयाँ कार्यसमिति चयन गरिएको छ ।

नयाँ कार्यसमितिको सभापतिमा पदम बहादुर शाह, उपसभापति सुशील भण्डारी ,सचिव तेज,नारायण शर्मा पौडेल ,काेषाध्यक्ष सरस्वती नेपाली ,सहसचिव रुपक चन्द ,सदस्य महेश जैसी,खडग बहादुर बिष्ट लगायत ११ सदस्यीय कमिटी गठन गरिएको हो । शाखाका उपसभापति मेनुका ढुंगानाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन तेज,नारायण शर्मा पौडेलले गर्नुभएको थियो ।

प्रतिक्रिया