Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १५ बैशाख २०८१

सुदूरपश्चिम स्पोर्ट्स अवार्ड चैतमा

सुदूरपश्चिम स्पोर्ट्स अवार्ड चैतमा

 नेपाल खेलकुद पत्रकार मञ्च कैलाली समन्वय शाखाले ‘एनएसजेएफ सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०७७’ चैत ६ मा आयोजना गर्ने भएको छ । 

धनगढीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा सुदूरपश्चिम र सिंगो नेपालकै नाम चिनाउन अग्रसर खेलकर्मी र खेलाडीको सम्मानका लागि सुदूरपश्चिम स्पोर्टस अवार्डको दोस्रो संस्करणको तयारीमा जुटेको मञ्चले जनाएको छ । २०७६ सालभर उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षकसहित विभिन्न विधा गरी ९ विधामा अवार्ड प्रदान गरिने जनाइएको छ । अवार्डमा सुदूरपश्चिम प्रदेशका खेलाडी तथा प्रशिक्षक मात्रै समावेश गरिने छ ।

पहिलो संस्करणमा ६ विधामा अवार्ड प्रदान गरिएकामा दोस्रोमा तीन विधा थपिएको छ । अघिल्लो वर्षजस्तै यस वर्ष उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका साथै यो बर्षदेखि पिपल्स च्वाइस अवार्ड तथा सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई अवार्ड प्रदान गरिनेछ ।

नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष सीताराम ओझा र महासचिव प्रदीप पाठकद्वारा हस्ताक्षरित विज्ञप्तिमा उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस अवार्ड गरी चार विधाका विजेतालाई ३० हजारसहित ट्रफी प्रदान गरिनेछ । युवा, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्टका विजेताले २५ हजार पाउनेछन् । सुदूरपश्चिम आइकन महिला र पुरुषलाई २० हजार प्रदान गरिनेछ ।

प्रतिक्रिया