Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १४ बैशाख २०८१

कञ्चनपुरको वेदकोटमा झुण्डिएको अवस्थामा एक युवती मृत फेला

कञ्चनपुरको वेदकोटमा झुण्डिएको अवस्थामा एक युवती मृत फेला

कञ्चनपुरको वेदकोट नगरपालिका मा एक युवती मृत अवस्थामा फेला परेकी छन्। 

कञ्चनपुरका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार नगरपालिकाको वडा.नं. ७ की १८ वर्षीय रेखा लुहार कामी मृत अवस्थामा फेला परेकी हुन् । 

विवाहित ती युवती आफ्नै घरको सिलिङमा शुक्रवार झुण्डिएको अवस्थामा मृत फेला परेको निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक थापाले बताए । 

युवतीका माइती पक्ष पहाडबाट शुक्रवार साँझ आइपुगेका र शनिवार मात्र घटनास्थलमा अनुसन्धान कार्य अगाडी बढाइने प्रहरी नायब उपरीक्षक थापाले बताए। 

प्रतिक्रिया