Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १५ बैशाख २०८१

जनवरीबाट भारतमा कोरोनाको खोप लगाइने

जनवरीबाट भारतमा  कोरोनाको खोप लगाइने

एजेन्सी- भारतमा आगामी जनवरी महिनादेखि कोरोनाविरुद्धको खोप लगाइने भएको छ। त्यहाँको स्वास्थ्य विभागका अधिकारीहरुले आगामी जनवरीदेखि कोरोनाविरुद्धको खोप लगाउने तयारी भएको उल्लेख गरेको बीबीसीले जनाएको छ। अधिकारीहरुका अनुसार आगामी केही हप्तामा केही कम्पनीका खोपले भारतमा आपतकालीन प्रयोगको अनुमति प्राप्त गर्दैछन्।

भारतमा दुई कम्पनीले खोपको आपतकालीन प्रयोगको अनुमति मागिसकेका छन् भने ६ वटा अन्य कम्पनीको खोप क्लिनिकल ट्रायलका क्रममा छ। भारत सरकारको योजनाअनुसार आगामी ३० अगस्टसम्म ३० करोड जनालाई खोप दिने तयारी छ। भारतमा कोरोना भाइरसबाट एक करोडभन्दा बढी व्यक्ति संक्रमित भइसकेका छन्। हालसम्म १ लाख ४४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

तर पछिल्ला दिनहरुमा भारतमा संक्रमितको संख्या घट्दै गएको छ। भारतमा हाल भारतकै सीरम इस्टीच्युट र बेलायतको एस्ट्राजेनेकाको सहयोगमा बनेको कोभिशिल्ड खोप र कोभ्याक्सिनको चर्चा छ। कोभ्याक्सिनलाई भारत बायोटेक र आईसीएमआरले बनाएका हुन्।

प्रतिक्रिया