Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १५ बैशाख २०८१

एकेन्द्र 'अछामी ' खड्का

एकेन्द्र  'अछामी ' खड्का

एकेन्द्र 'अछामी ' खड्का

लाइनको कथा - हामी कहिले सुध्रिने ? प्रशासन कहिले सुध्रिने ?

प्रकृतिले मौसम फेरे झैँ या भनौं सर्पले काँचुली फेरे जस्तैगरि मेरो शरीरले पनि हरेक दुई वर्षमा केही समस्याहरुको समाना गरिरहेकै हुन्छ । गत वर्ष खासै समस्या देखिएन अघिल्लो वर्ष अघोषित कोरोना लाग्यो । बास्ना पुरै हरायो । टाउको अलि अलि दुख्यो । ज्वरो राती नै आएर गएको चाल पाएन । घरेलु औसधि खाएर छुट्टै बसे । कही दिन पछि बास्ना फर्कियो टाउको दुख्न छोड्यो ।

Read more

सुदूरको "छाइल" माथी राजधानीमा विमर्श

डोटीका चर्चित युवा कवि लोकराज भट्टको पहिलो कृती "छायल" उपन्यासको विमोचन सहितको विमर्श राजधानीको बबरमहलस्थित नेपाल कला परिषदमा एक कार्यक्रमका बिच भएको छ । उपन्यासको विमोचन साहित्यकार अभय श्रेष्ठ, मानवअधिकारकर्मी मोहना अन्सारी, पत्रकार तथा समिक्षक राजकुमार बानियाँ र लेखक भट्ट स्वयंले गर्नु भएको हो ।

Read more

...अनि कहिल्यै फाइट खेलिन आमा

संसार कोरोनाले बन्धक नै छ अहिले । २०७७ स्कुल अनलाइन पढाएर नै सकियो । २०७७ फाल्गुन ११ गतेको बिहान साढे ८ बजेतिर अनलाइन कक्षा सुरु भयो । कक्षा सुरु गरेको ४÷५ मिनेट मात्र के थियो माथि छतमा चढ्ने खुड्किलामा एक्कासि गड्याङगुडुङ मुढा पल्टिएझैँ आवाज आयो । ढक्क फुल्यो । आमा बिहानमा प्रायः छतमा गएर बस्नुहुन्थ्यो । कतै आमा ... । विद्यार्थीहरुलाई “वान मिनेट इमेर्जेन्सी“ भनेर झ्यालको पर्दा सारेर हेर्दासम्म बहिनी त्यहाँ पुगिसकेकी रहिछ । नभन्दै आमा लड्नुभएछ । बहिनीले एकछिनअघि मात्रै नास्ता खुवाएर छतमा घाम ताप्न भनेर छतमा छोडेकी के थिई । बहिनीसँगै आमा नि फर्किनुभएछ । बहिनी खुड्किला झर्नु र आमा फर्केर लड्नुसँगै भएछ ।  हत्तपत्त बाहिर निस्किएँ आमाको बिच निधारमा ठुलो घाउ भएछ । के गरम् के गरम् भो । घरमा बेटाडिन भइरहन्थ्यो, त्यही दिन चाहिँ सकिएको रहेछ । भगवती(मेरी श्रीमती) बेटाडिनलगायत अरु औषधि लिन मेडिकलतिर दौडिन् । बहिनीले आमालाई सम्हाली । म ल्यापटप अघि आएर क्लासमा बसेँ । विद्यार्थीहरुलाई घटना शेयर गरिन । गर्ने पर्ने दैनिक क्रियाकलाप गरेर क्लास अलि चाँडो छोडेँ ।

Read more
Page 1 of 1