ताजा अपडेट
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
नेपाली कांग्रेसलाई संगठन, विचार र प्रशिक्षणमार्फत पुनः सबल बनाउने बहस तीव्र बन्दै गएको बेला कांग्रेस नेता नैन सिंह महरले आफ्नो राजनीतिक यात्राको स्पष्ट लक्ष्य अघि सारेका छन् — पार्टी महामन्त्री। सार्वजनिक तस्बिरमार्फत व्यक्त गरिएको “अबको यात्रा… महामन्त्रीको” सन्देशलाई पार्टी वृत्तमा केवल आकांक्षा होइन, चार दशक लामो संगठनात्मक योगदानको राजनीतिक दाबीका रूपमा हेरिएको छ।
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
अछाम, साँफेबगर । साँफेबगर नगरपालिका–१३ बाब्लाको माथिल्लो शिउ, तल्लो शिउ र ओला क्षेत्रमा आजदेखि केन्द्रीय लाइन विद्युत सेवा सुरु भएको छ।
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
गत सोमबार भन्दा यताका दिन नेपालका लागि असाधारण रूपमा अस्थिर र निर्णायक साबित भए। एकतर्फ सडकमा देखिएको जनआन्दोलनले मुलुकको पुरानो असन्तोषलाई चर्काएर विस्फोटक स्वरूप दिएको छ भने अर्कोतर्फ संसद भवनमै पुगेको भीड र त्यसपछिका घटनाक्रमले संवैधानिक संरचनाको आधारलाई नै हल्लाइदिएको छ। सरकारद्वारा सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले सुरुमा सामान्य असन्तोष जगाएको थियो, तर त्यसलाई उल्टै आन्दोलनको इन्धनमा परिणत गरिदियो। परिणामतः युवापुस्ता, विशेषतः डिजिटल माध्यममा सक्रिय जेन–जि पुस्ता, सडकमा उत्रियो। सुरक्षा निकायले कठोर प्रतिक्रिया जनाएपछि आन्दोलन अझै हिंस्रक बन्दै गयो र दुर्भाग्यवश ५० भन्दा बढी नागरिकले ज्यान गुमाए।