Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०७ जेठ २०८१

छाला तथा हड्डी सहित बाजुरामा तीन जना प्रहरी नियन्त्रणमा

छाला तथा हड्डी सहित बाजुरामा तीन जना प्रहरी नियन्त्रणमा

बाजुरा - जिल्ला प्रहरी कार्यालय बाजुराले लुकाइछिपाइ राखेका विभिन्न जातका छाला तथा हड्डिहरु बरामद गरेको छ । बाजुराको त्रिवेणी नगरपालिका - ६ पन्धाराबाट बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

अवैध क्रियाकलापमा संलग्न तीन जना व्यक्तिलाई समेत पक्राउ गरी समान सहित अनुसन्धानको लागि जिल्ला डिभिजन वन कार्यालय बाजुरामा पठाईएको प्रहरीले जनाएको छ ।

कार्यालयका अनुसार एक जना फरार रहेका छन । 

श्रोत- जिल्ला प्रहरी कार्यालय बाजुरा को फेसबुक एकाउण्ट 

प्रतिक्रिया