Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०७ जेठ २०८१

नेपालमा ५३८ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १० हजार नाघ्यो

नेपालमा ५३८ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १० हजार नाघ्यो

काठमाडौं । नोभेल कोरोना भाइरसका ५३८ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ५३८ संक्रमित थपिएका हुन् ।

हालसम्म सबैभन्दा बढी दैनिक कोरोना संक्रमित बिहीबार ६७१ जना थपिएका थिए । शुक्रबार ४२६ कोरोना संक्रमित थपिएका थिए भने शनिबार ३३१ संक्रमित थपिएका थिए । आइतबार ४२१ र सोमबार ५३५ कोरोना संक्रमित थपिएका थिए ।  

देशभर रसुवा बाहेकका ७६ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । कुल कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ । हालसम्म देशभर कोरोना संक्रमणको उपचारपछि दुई हजार २२४  जना डिस्चार्ज भएका छन् । 

पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट ७६ डिस्चार्ज भएका छन् । जसमा ८  महिला र ६८ पुरुष रहेका छन् । हालसम्म देशभरका २२ प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ ।

देशभर हालसम्म एक लाख ८६ हजार ३६६  जनाको पीसीआर परीक्षण गरिएको छ भने दुई लाख ७१  हजार ५८४ जनाको आरडीटी परीक्षण गरिएको  छ । पछिल्लो २४ घण्टामा ४ हजार ९९५  जनाको पीसीआर परीक्षण गरिएको छ । 

देशभरका विभिन्‍न क्‍वारेन्टिनमा ८५ हजार ८१३  मानिसहरु रहेका छन् भने आइसोलसनमा ७ हजार ८५१ कोरोना संक्रमितहरु रहेका छन् । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ । – बारह्खरी

प्रतिक्रिया