Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०७ जेठ २०८१

पन्चदेवल नगरका सबै विध्यालयका प्रधानाध्यापकहरुको बैठक सम्पन्न

पन्चदेवल नगरका सबै विध्यालयका प्रधानाध्यापकहरुको बैठक सम्पन्न

बिनायक- पन्चदेवल बिनायक नगरपालिका स्थित सबै बिध्यालयका प्रधानाध्यापकहरुको बैठक बिनायकमा सम्पन्न भएको छ । कोरोना भाईरसका कारण अस्तब्यस्त बनेको शिक्षा क्षेत्रलाई कसरी माथी उठाउने भन्ने बिषयमा प्रअ हरुले व्यापक छलफल गरेका छन ।

नगरपालिकाका शिक्षा शाखा संयोजक पहल सिङ नेपालिको अध्यक्षतामा भएको बैठकले रेडियो शिक्षा कार्यक्रम लाई रिले गर्न बिनायक स्थित दुई वटा रेडियो सङ्ग सहकार्य गर्ने निर्णय गरेको हो । बैठकले प्रत्येक टोलमा टोल शिक्षा कार्यक्रम सुरु गर्ने निर्णय गरेको छ ।
शिक्षकहरुले टोल टोलमा पठन पाठन सुरु गर्नुपर्ने बताएका थिए ।

तर नगरपालिकाको दुई नम्बर वडा स्थित पुर्ण आधारभुत बिध्यालयले भने डेढ महिना पहिले देखि टोल शिक्षा कार्यक्रम सन्चालन गरिरहेको छ ।

बिध्यालय ब्यवस्थापन समितिको बैठकले टोल टोलमा पठनपाठन सुरु गर्ने निर्णय गरेर पढाइ सुरु गरेको बिध्यालय का अध्यक्ष रमेश बहादुर रावतले जानकारी दिनुभयो ।

पठपाठन सुरु भएपछी बिध्यार्थिहरुमा केही सुधार भएको अभिभावकको भनाई छ । बिध्यालयका प्रधानाध्यापक डबल शाहिका अनुसार बिहान र साझ गरेर २ घण्टा पठन पाठन भैरहेको छ ।

प्रतिक्रिया