Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०७ जेठ २०८१

अछाममा एकै दिनमा ठूलाे संख्यामा नयाँ कोरोना संक्रमित थपिए, २९ जनामा देखियो संक्रमण

अछाममा एकै दिनमा ठूलाे संख्यामा नयाँ कोरोना संक्रमित थपिए, २९ जनामा देखियो संक्रमण

अछाम – जिल्लामा एकै दिनमा ठूलाे संख्यामा नयाँ कोरोना संक्रमित थपिएका छन्।

जिल्लाको मेल्लेख गाउँपालिकामा २३ जना र साँफेबगर नगरपालिकामा ६ जना नया संक्रमित फेला परेका स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगानाले बताए। 

जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचनाका अधिकारी देव जोशी दिनुभएको जानकारी अनुसार मेल्लेख गाउपालीकाका २७,३६,३०,३१,२१,२१,२५,१५,२०,२५,१२,२४,२७,२३ र ३२ बर्षका पुरुष रहेका छन् मेल्लेखकै ४५,२५,२६,२४,२४,२८,२३ बर्षकी महीला र २ वर्षीय बालीका रहेका छन् ।

यस्तै साफेबगर नगरपालिका वडा नम्बर ११ देवीस्थानका १९,२०,२२,२६ बर्षका पुरुष तथा २३ र २६ बर्षीकी महिलालाई कोरोना संक्रमिण पुष्टि भएको हो ।

यी सङ्गै अछाममा कोरोना संक्रिमितको संख्या ५१ पुगेको छ।जस मध्ये ७ जना निको भएर फर्किसकेका छन् ।

 

 

 

प्रतिक्रिया