Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०७ जेठ २०८१

अछाममा आरडिटी पोजेटिभ देखाएका आठ जना क्वारेन्टिनबाट भागे

अछाममा आरडिटी पोजेटिभ देखाएका  आठ जना क्वारेन्टिनबाट भागे

अछाम जिल्लाको चौरपाटी गाउँपालिकाबाट आरडिटी पोजेटिभ देखाएका आठजना क्वारेन्टाईबाट भागेका छन । गाउँपालिकाको वडा नम्बर १ स्थित सिउडी माध्यमिक विद्यालयको क्वारेन्टाईनमा बस्दै आएका ८ जना आरडिटी पोजेटिभ देखाएका व्यक्तिहरु भागेका हुन ।

गाउँपालिकाको वडा नम्बर १ सिउडीका आठजना  नागरिकहरु सोमबार भागेर घर गएका वडा नम्बर १ का वडा अध्यक्ष सालिभान साउदले बताए । उनले भारत बाट आएर सिउडी माध्यमिक विद्यालयमा बसिरहेका आठजना नागरिक क्वारेन्टाईन बाट भागेको बताए ।

उनीहरु मध्ये ६ जनालाई क्वारेन्टाईनमा ल्याईएको छ भने बाँकी दुईजना क्वारेन्टाईनमा आउन नमानेको उनले जानकारी दिए । उनीहरुलाई चौरपाटीमा रहेको प्रहरीले मात्रै ल्याउन नसक्ने भएपछि चौखुट्टेबाट पनि प्रहरी बोलाएको गाउँपालिकाका अध्यक्ष हर्क बहादुर साउदले बताए ।

उनीहरु क्वारेन्टाईनमा खान बस्नको राम्रो व्यवस्था नभएको भन्दै भागेको बताईएको छ । उनीहरुको पिसिआर परिक्षणका लागि स्वाब संकलन गरिएको र आज परिक्षणका लागि धनगढी पठाईएको गाउँपालिकाका अध्यक्ष साउदले जानकारी दिए ।

प्रतिक्रिया