Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०७ जेठ २०८१

अछामका थप तीन जनामा कोरोना पुष्टि

अछामका थप तीन जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा आज नौँ जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा सात जना पुरुष र दुई महलिा गरी थप नौँ जनामा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

आज डोटीका चार जना, अछामका तीन र कैलालीका दुई जनामा कोरोना पुष्टि भएको हो। डोटीको दिपायल सिलगढी नगरपालिकाका ३० र ३७ बर्षीय पुरुष, सायल गाउँपालिकका २१ बर्षीय महिला र २८ बर्षीय पुरुषमा कोरकोना पुष्टि भएको छ।

अछामको तुर्माखाद गाउँपालिकाका २३ बर्षीय पुरुष, ढकारी गाउँपालिकाका २७ बर्षीय पुरुष, कमल बजार नगरपालिकाका ३१ बर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ।

यस्तै कैलालीमा धनगढी उप–महानगरपालिकाका २ बर्षीय बालिका र गोदावरी नगरपालिका वडा नम्वर ४ का ४६ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ। यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या दुई सय ६४ पुगेको छ।

अहिलेसम्म सबैभन्दा बढि कैलालीका ८० जना, कञ्चनपुरमा ५५, डडेल्धुरामा ३९, बाजुराका २१, अछामका १९, डोटीका १७, बझाङमा १४, दार्चुलामा १२ र बैतडीमा ६ जनामा कोरोना पुष्टि भएको छ। पुष्टि भएका दुई जनाको मृत्यु भईसकेको छ भने २१ जना निको भएर घर फर्किसकेका छन्।

अहिलेसम्म धनगढीको प्रयोगशालाबाट दुई सय ३६, सुर्खेतको प्रयोगशालाबाट १२, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ५ र दाङको प्रयोगशालाबाट एक जनामा कोरोना पुष्टि भएको छ।

प्रतिक्रिया