Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०७ जेठ २०८१

नक्साको स्वागतमा ठाउँठाउँमा दीप प्रज्ज्वलन

नक्साको स्वागतमा ठाउँठाउँमा दीप प्रज्ज्वलन

धिरज कुँवर ( धनगढी )

प्रतिनिधि सभाले नेपालको निशान छापमा नयाँ नक्सा समावेश गरेको विधेयक पारित गरेकोमा नयाँ नक्साको स्वागत गर्दै धनगढीमा व्यापारी , समाजसेवी तथा युवाहरुले दीप प्रज्ज्वलन गरेका छन् । मदिरा व्यावसायी एकेन्द्र खड्काका अनुसार धनगढीको मुख्य क्षेत्रमा झन्डासहित जम्मा भएका केही युवा तथा व्यावसायिले नेपालको नक्सा बनाएर दिपावली गरेका हुन् ।

कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको नक्सामा राखेपछि निशान छापमा यो नक्सालाई समावेश गर्नलाई संविधानको अनुसूची ३ संशोधन गर्न ल्याइएको संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएपछि खुसियाली छाएको हो । संविधान संशोधन विधेयकको पक्षमा २ सय ५८ सांसदले मतदान गरेका थिए । विपक्षमा कुनै पनि सांसदले मतदान गरेनन् भने मतदान गर्दिनँ भन्नेमा पनि कुनै पनि मत नपरेकाले विधेयक दुई तिहाई भन्दा बढी मतले पारित भएको सभामुख अग्नि सापकोटाले घोषणा गरे ।

प्रतिनिधिसभा सदस्यको कूल संख्या २ सय ७५ रहे पनि हाल बहाल संख्या २ सय ७१ छ । ४ जना सांसद निलम्बनमा छन् । त्यसमध्ये संविधान संशोधनका क्रममा २ सय ५८ जनामात्र उपस्थित रहेका थिए । उपस्थित सांसदहरूले संविधान संशोधनको पक्षमा मतदान गरेका थिए ।

प्रतिक्रिया