Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०७ जेठ २०८१

अस्पतालको करोडौ रकम तलब भत्तामा मात्रै खर्च : पि’डितले न्याय नपाउदासम्म काममा फर्किनौ

अस्पतालको करोडौ रकम तलब भत्तामा मात्रै खर्च : पि’डितले न्याय नपाउदासम्म काममा फर्किनौ

अछाम
न्याय हेल्थ नेपाल नामक अन्र्तराष्ट्रिय गैरसरकारी सस्थाद्धारा सञ्चालित अछामको बयलपाटा अस्पतालले आर्थिक संकट’का भएको भन्दै ३२ जना कर्मचारीलाई हटायो । जागीरबाट बिना कारण हटाईपछि हटाईएका कर्मचारी त’नाबमा छन् । त्यस मध्येका अस्पतालमा सरसफाईमा कार्यरत सिद्धार्थ आउजी पनी थिए । त’नाब सहन नसकि सिद्धार्थले यहि जेठ २६ गते आ’त्मदा’ह नै गरे ।

शरिरमा पेटोल छ’र्केर आगो लगाएका सिद्धार्थलाई उपचारका लागी नेपालगंञ्जको कोहरपुर मेडिकल कलेज लगिएको थियो । अन्तत उनले त्यहि मेडिकल कलेजमा प्राण त्याग गरे । अहिले यस्तै त’नाबमा छन् जनक कडायत । आर्थिक अवस्था कमजोर भएका जनक परिवार कसरी पाल्ने भन्ने चिन्तामा छन् । जनक कडायत अस्पतालमा ६ वर्ष ३ महिना देखि सिनियर फ्यासेलिटी कोर्डिनेटर पदमा कार्यरत थिए । सस्थाको कार्यसम्पादन,मुल्याकन र अनुशासनमा उनी सधै विशिष्टमा पर्छन् । अस्पतालले ६ महिना अगाडी गरेको मुल्याकमा पनी उनी विशिष्ट मै परेका थिए र उनको बढुवा समेत भयो । तर अस्पतालले निकालिएको कर्मचारीलाई कार्यसम्पादन, अनुशासन मुल्याकन राम्रो नभएको भन्दै निकालेको बताउदै आएको छ ।

आ’त्मदा’हको घटनापछि अस्पतालले बिज्ञप्ती निकाल्दै कर्मचारी हटाउने निर्णय स्थगन गरेको छ । जनक लगायतका निकालिएका कर्मचारी पिडि’तले न्याय नपाउदासम्म काम नफर्किने बताउछन् । जनकले भने‘सिद्धार्थले न्याय नपाउदासम्म हामी काममा फर्किदैनौ,तत्काल रोजगार दिने र राहत नदिदासम्म हामी काममा फर्किदैनौ र यो घ’टनालाई त्यसै सेलाउन दिदैनौ । हामी काममा फर्किए पनी त्यहाँ काम गर्ने वातावरण हुदैन अब । फेरी पनी सिद्धार्थ जस्तै अरु घ’टना नहोला भन्न सकिन्न ।’

अस्पतालमा एकैदिन एउटै पदमा कार्यरत कर्मचारीको तलब भत्ता पनी फरक रहेको जागीरबाट निकालिएको हेल्थ असिस्टेन्ट हिमाल कुँवरले बताए । उनले भने ‘तलबमा समेत बिभे’द छ, अस्पताल भित्र गतलको साथ नदिदा हामी निकलिएका छौ, अनियमितता निकै छ अस्पतालमा, अहिले घ’टनालाई तोडमोड गर्ने चलखेल हुदैछ,कागजी रुपमा होईन साच्चीकै पिडितले न्याय पाउनुपर्छ, बिज्ञप्तीमा कर्मचारी हटाउने निर्णय स्थगन भनिएको छ पुर्नबहाली भनिएको छैन, अस्पतालमा कार्यरत कर्मचारीले अन्य क्षेत्रमा काम गर्न नपाउने नियम छ, तर यहाँ केहि कर्मचारीहरुले दई तिन क्षेत्रमा काम गरिरहेका छन् । अस्पतालको नियम कसैलाई लाग्ने कसैलाई नलाग्ने यो कस्तो हो उनले प्रश्न गरे ।

कौशिला तिमिल्सेनाले पनी पिडितले न्याय नपाउदासम्म काममा नजाने बताउनु भएको छ । उनी अस्पतालमा हेल्थ असिस्टेन्ट पदमा कार्यरत रहेका थिईन् । उनले भनिन् ‘जागीरको कुनै लोभ छैन, क्षमता भएपछि जता पनी जागीर पाईन्छ,यदि हामी एत्तिकै काममा फर्कियौ भने सिद्धार्थको आ’त्माले हामीलाई सराप्ने छ ।’

अस्पतालले ३२ जना भने पनी ३५ जना कर्मचारी निकालिएको एक जना कर्मचारीले बताए । उनले भने ‘एकजना कर्मचारी त एक्कासी जागीर खोसीएको खबर पाएपछि डि’प्रेशनमा गए, उनको अवस्था नाजुक भएपछि पुर्नबहाली गरिएको छ । काठमाण्डौमा अस्पतालको सम्पर्क कार्यालय छैन तर त्यहाँ २३ जनाको जम्बो टोली बसेर बिना काम लाखौ रकम खाईरहेका छन् । उनीहरुका लागी मात्र ७ करोड रकम छुट्याईएको छ । हटाईएका कर्मचारी १९ देखि २८ हजार तलब खाने छन् । आर्थिक संकट हो भने रातदिन नभनी काम गर्ने कम तलब खाने कर्मचारीलाई किन हटाईयो,बढी खानेलाई किन राखियो ?उनले प्रश्न गरे ।

अस्पतालको करोडौ रकम तलब भत्तामा खर्च’
अस्पतालमा आउने रकम सबैभन्दा बढी तलबभत्तामा खर्च हुने गरेको छ । गत आर्थिक वर्षमा अस्पतालमा २२ करोड बैदेशिक रकम आएको थियो ।यस मध्ये १८ करोड तलबभत्तामा सकिएको छ भने बाँकी ४ करोड अस्पताल व्यवस्थापनमा खर्च गरिएको स्रोतले बताएको छ । यसैगरी यो आर्थिक वर्षमा १६ करोड रकम प्राप्त भएको छ । जसमा तलब भत्तामा मात्रै १४ करोड छ भने अन्यमा २ करोड रहेको छ। अस्पतालमा १९ देखि २८ हजार तलब खाने ८० प्रतिशत छन् भने एक लाख भन्दा माथी तलब खाने २० प्रतिशत छन् । नेपाल सरकारद्धारा निशुल्क ४० प्रकार औषधी अस्पतालबाट बितरण हुदै आएको र औषधी खरिदमा बजेट खर्च नहुने गरेको स्रोतले बतायो ।

प्रतिक्रिया