Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०७ जेठ २०८१

साँफेको हाटबजारमा मदिरा र सैलुन बाहेकका पसलहरु खुल्ला हुने

साँफेको हाटबजारमा मदिरा र सैलुन बाहेकका पसलहरु खुल्ला हुने

साँफेबगरको हाटबजारमा मदिरा र सैलुन बाहेकका पसलहरु खुल्ला गरिने भएको छ । शुक्रबार साँफेबगर नगरपालिका वडा नं. ३ मा गठन भएको बजार अनुगमन समितीले मदिरा र सैलुन बाहेका पसलहरुलाई केहि सम्म खुल्ला गर्ने निर्णय गरेको हो ।

समितीका संयोजक एवंम वडाध्यक्ष कृष्ण बहादुर बुढाको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरको हो । शनिबार भोली बाट लागु हुने गरी बिहान ६ बजे देखि दिउसो १२ बजेसम्म व्यावसाय संचालन गर्न सकिने निर्णय गरिएको छ ।

सर्त राखेर गरिएको निर्णय अनुसार होटल तथा नास्ता व्यावसायीहरुले खानेकुरा प्याकिगं गरेर मात्र सेवा दिने र लजलाई पूर्ण रुपमा निषेध गर्ने, सबै व्यावसायिहरुले मास्क, पंजा प्रयोग गर्ने र हात सेनिटाईज गर्ने गरि व्यायसाय संचालन गरिने निर्णय भएको हो ।

सबै व्यावसायीहरुले सामाजिक दुरी कायम गरि व्यावसाय सुरु गर्न सकिने बजार अनुगमन समितीका सदस्य कृष्ण कुवँरले बताए ।

प्रतिक्रिया