एसईईलाई कानुनी रुपमै खारेज गरौँ, कक्षा १२ को परीक्षालाई राष्ट्रिय परीक्षाका रुपमा विकसित गरौँ : गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता तथा संसद गगनकुमार थापाले माध्यामिक शिक्षा परीक्षा (एसईई) लाई कानुनी रुपमै खारेज गर्न प्रस्ताव गरेका छन्। सांसद थापाले सरकारले यस वर्ष एसईई परीक्षा नलिने र आन्तरिक मूल्यांकनबाटै आएको नतिजालाई मान्यता दिने निर्णय सही भएको बताएका छन्।
उनले कक्षा ११ को परीक्षा पनि आन्तरिक मूल्यांकनबाट निर्धारण व्यवस्था गर्न माग गर्दै १२ को परीक्षालाई राष्ट्रिय परीक्षाका रुपमा लिन आग्रह गरेका छन्। बिहीबार सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट गर्दै सांसद थापाले शिक्षा प्रणालीमा परिवर्तनको लागि, संकटले उपलब्ध गराएको अवसरलाई खेर जान नदिन आग्रह गरेका छन्।
‘यस वर्ष एसईई परीक्षा नहुने, सही निर्णय! कक्षा ११ को परीक्षा पनि आन्तरिक मूल्यांकनबाट निर्धारण हुने व्यवस्था गरौं र अब बाट एसईई कानुनी रूपमा नै खारेज गरौं।
कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षाको रूपमा लिऔं। शिक्षा प्रणालीमा परिवर्तनको लागि, संकटले उपलब्ध गराएको अवसरलाई खेर जान नदिऊँ’, सामाजिक सञ्जाल ट्विटरमा सांसद थापाले लेखेका छन्।
गत चैत ६ गेतबाट सुरु हुने एसईई परीक्षा कोरोनाको महामारीका कारण स्थगित गरिएको थियो। बुधबार बसेको मन्त्रिपरिषदको बैठकले एस वर्ष एसईई परीक्षा नलिने र विद्यालयले गरेको आन्तिरिक मुल्यांकनलाई मान्यता दिने निर्णय गरेको थियो।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सानपा मा आई.पि.भि. खोप अभियान सम्बन्धि पालिका स्तरीय खोप समन्वय समितीसंग अभिमुखिकरण कार्यक्रम सम्पन्न
-
साँफेबगर नगरपालिकामा दुई दिने खोप कार्यक्रमको स्वास्थ्य संस्था स्तरीय सुक्ष्म योजना तर्जुमा गोष्ठी सुरु
-
आज सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिँदै
-
ने.वि संघ अछाम द्धारा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री लाई ज्ञापन पत्र
-
चौरपाटी गाउँपालिकाको निति तथा कार्यक्रम सार्वजनिक -पूर्णपाठ सहित
प्रतिक्रिया