धनगढीमा अटोबाट झर्ने क्रममा लडेर चालकको मृत्यु
धनगढीः धनगढीमा अटोबाट झर्ने क्रममा लडेर चालकको मृत्यु भएको छ।
धनगढी उपमहानगरपालिका–५ नेपाल राष्ट्र बैँक नजिक शुक्रवार गंगाबहादुर के.सी. लडेर घाइते भएका थिए। उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढीमा ल्याउदा डाक्टरले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ।
चालक धनगढी–१ शान्तिनगरका ५० वर्षीय के.सीले चलाएको से १ ह २८९९ नम्बरको अटो रोकी झर्ने क्रममा एक्कासी लडेर उनको निधारमा चोट लागेर घाईते भएका थिए। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सानपा मा आई.पि.भि. खोप अभियान सम्बन्धि पालिका स्तरीय खोप समन्वय समितीसंग अभिमुखिकरण कार्यक्रम सम्पन्न
-
साँफेबगर नगरपालिकामा दुई दिने खोप कार्यक्रमको स्वास्थ्य संस्था स्तरीय सुक्ष्म योजना तर्जुमा गोष्ठी सुरु
-
आज सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिँदै
-
ने.वि संघ अछाम द्धारा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री लाई ज्ञापन पत्र
-
चौरपाटी गाउँपालिकाको निति तथा कार्यक्रम सार्वजनिक -पूर्णपाठ सहित
प्रतिक्रिया