बझाङमा जंगली च्याउ खाँदा एक बालिकाको मृत्यु, एकको अवस्था गम्भीर
बझाङः बझाङमा जङ्गली च्याउ खाँदा एक बालिकाको मृत्यु भएको छ, भने एक जनाको अवस्था गम्भीर रहेको छ।
जिल्लाको जयपृथ्वी नगरपालिका–६ नौरामा जङ्गली विषालु च्याउ खाँदा स्थानीय सात वर्षिया सञ्जिला कठाएतको मृत्यृ भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ। बुधबार बेलुका जङ्गली च्याउको तरकारी खाँदा स्थानिय लक्ष्मण कठाएतका श्रीमती एक छोरा र एक छोरी सहित तिन जना गम्भिर बिरामि भएका थिए।
गम्भिर बिरामि भएकि सञ्जिलालाई बुधबार राती नै उपचारको लागि जिल्ला अस्पताल ल्याइएको थियो। उनको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि डडेल्धुरा रिफर गरिएकोमा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ। १२ वर्षिय सुदिपको उपचार जिल्ला अस्पतालमा सम्भब नभएपछि थप उपचारको लागि धनगढी रिफर गरिएको जिल्ला अस्पताल बझाङले जनाएको छ। आमा पुनी कठाएतको अवस्था सामान्य भएकोले जिल्ला अस्पतालमै उपचार भैरहेको छ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सानपा मा आई.पि.भि. खोप अभियान सम्बन्धि पालिका स्तरीय खोप समन्वय समितीसंग अभिमुखिकरण कार्यक्रम सम्पन्न
-
साँफेबगर नगरपालिकामा दुई दिने खोप कार्यक्रमको स्वास्थ्य संस्था स्तरीय सुक्ष्म योजना तर्जुमा गोष्ठी सुरु
-
आज सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिँदै
-
ने.वि संघ अछाम द्धारा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री लाई ज्ञापन पत्र
-
चौरपाटी गाउँपालिकाको निति तथा कार्यक्रम सार्वजनिक -पूर्णपाठ सहित
प्रतिक्रिया