Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ०६ जेठ २०८१

कैलालीबाट चार लाख ७४ हजार भारुसहित एक जना पक्राउ

कैलालीबाट चार लाख ७४ हजार भारुसहित एक जना पक्राउ

धनगढीः कैलालीबाट चार लाख ७४ हजार पाँच सय भारुसहित एक जना पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर १ वनखेतका ३५ वर्षिय रमेशबहादुर तिरुवा भारु र लागुऔषधसहित पक्राउ परेका हुन्। 

इलाका प्रहरी कार्यालय मालाखेतीले उनीसँग सुर्तीको खोलमा दुई ग्राम एक सय ९० मिलिग्राम लागुऔषध र चार लाख ७४ हजार पाँच सय भारतीय मुद्रासहित पक्रउ गरेको हो। उनले पंखाको काटुनमा भारतीय मुद्रा राखेका थिए। भारतीय मुद्राको श्रोत नखुलेकाले बरामद गरिएको हो। उनी इलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा छन्। घटनाको विषयमा थप अनुसन्धान जारी हरेको कैलाली प्रहरीले बताएको छ।

प्रतिक्रिया