बडीमालिकाबाट उद्धार गरिएका युवकको सुर्खेतमा मृत्यु
बडीमालिकाबाट उद्धार गरिएका युवकको सुर्खेतमा मृत्यु भएको छ ।
जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकाको दर्शन गर्नगएका कालिकोट जिल्लाका पलाताँ गाउँपालिका–१ का ३९ वर्षीय धनप्रसाद न्यौपानेको उपचारको क्रममा प्रादेशिक अस्पताल सुर्खेतमा मंगलबार ३ः२५ बजे मृत्यु भएको उपचारमा संलग्न अस्पतालका मेडिसिएन डा. के. एन पौडेलले जानकारी दिनुभयो ।
धनप्रसाद न्यौपाने सोमबार बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण लडेर घाइते हुनुभएको थियो । सँगै उद्धार गरिएकी बझाङ जिल्ला जयपृथ्वी नगरपालिका–९ की अन्दाजी ७० वर्षीया झुपु धामी जिल्ला अस्पताल बाजुरामा सामान्य उपचारपछि घर फर्किसक्नुभएको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सानपा मा आई.पि.भि. खोप अभियान सम्बन्धि पालिका स्तरीय खोप समन्वय समितीसंग अभिमुखिकरण कार्यक्रम सम्पन्न
-
साँफेबगर नगरपालिकामा दुई दिने खोप कार्यक्रमको स्वास्थ्य संस्था स्तरीय सुक्ष्म योजना तर्जुमा गोष्ठी सुरु
-
आज सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिँदै
-
ने.वि संघ अछाम द्धारा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री लाई ज्ञापन पत्र
-
चौरपाटी गाउँपालिकाको निति तथा कार्यक्रम सार्वजनिक -पूर्णपाठ सहित
प्रतिक्रिया