दारी ग्याङ समूह अछाममा पनि बिस्तार , जनचेतना मुलक अभियान संचालन गर्ने
धिरज कुँवर (अछाम)
सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको गैरराजनीतिक तथा सामाजिक संस्था दारी ग्याङ अछाममा पनि बिस्तार भएको छ । दारी ग्याङ धनगढी का संयोजक दिनेश बोहरा को पहल मा बिस्तार भएको दारी ग्याङ अछामको संयोजकमा उमेश राणा कुवँर सर्वसम्मत चयन गरिएको छ । उहाँका अनुसार दारी ग्याङ अछामले समाज रुपान्तरण तथा स्थानीय स्तरमा रहेका विभिन्न पक्षमा जनचेतनामूलक अभियान सञ्चालन गर्नेछ ।
अछामका पर्यटकीय स्थलको संरक्षण र प्रचार प्रसार गर्ने, रक्तदान गर्ने एवं सचेतना प्रदान गर्ने कार्यक्रम सञ्चालन गर्ने बताएका छन्। यस्तै प्राकृतिक विपतमा परेकालाई भौतिक, आर्थिक सहयोग गर्दै जाने र समान उद्देश्य बोकेका संस्थाहरुसंग सहकार्य गर्ने समूहका संयोजक कुवँरले बताउनुभयो । समाजका विकृतिका विरुद्ध अभियान चलाउने र यसको लागि योजना बनाइरहेको उहाँले बताउनुभयो ।
चार बर्ष अघि सामाजिक संजाल बाट सुरु भएको दारी ग्याङ नेपालका ३१ भन्दा बढि जिल्लाहरुमा बिस्तार भएको कुँवरले बताउनुभयो । जसको सहसंयाेजकमा ,धिरज कुवँर ,सचिवमा नमराज भण्डारी, कोषाध्यक्षमा सुशिल भण्डारी ,सहसचिवमा दिनेश कुवँर मिडिया संयोजकमा पूर्ण खड्का ,प्रविधि संयोजकमा,रमेश महर , सल्लाहकारमा खेमराज ढुंगाना र अमित खड्का चयन भएका छन ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सानपा मा आई.पि.भि. खोप अभियान सम्बन्धि पालिका स्तरीय खोप समन्वय समितीसंग अभिमुखिकरण कार्यक्रम सम्पन्न
-
साँफेबगर नगरपालिकामा दुई दिने खोप कार्यक्रमको स्वास्थ्य संस्था स्तरीय सुक्ष्म योजना तर्जुमा गोष्ठी सुरु
-
आज सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिँदै
-
ने.वि संघ अछाम द्धारा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री लाई ज्ञापन पत्र
-
चौरपाटी गाउँपालिकाको निति तथा कार्यक्रम सार्वजनिक -पूर्णपाठ सहित
प्रतिक्रिया