Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०५ जेठ २०८१

बाढीबाट कैलालीमा हजार बढी परिवार प्रभावित

बाढीबाट कैलालीमा हजार बढी परिवार प्रभावित

धनगढी  । कैलालीमा बाढीबाट  १ हजार १२ परिवार प्रभावित भएका छन् । विभिन्न नदीमा आएको बाढीले डुबान भएपछि उनीहरु प्रभावित भएका हुन् । 

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार भजनी नगरपालिका २४३ , कैलारी गाउँपालिकामा १५५, जोशीपुर गाउँपालिकामा १८०,टिकापुर नगरपालिकामा १६१,जानकी गाउँपालिकामा २५०,गोदावरी नगरपालिकामा ७ र धनगढी उपमहानरपालिमा १६ परिवार बिस्थापित भएका हुन । 

भजनी नगरपालिकामा स्थानीयका घरमा बाढी पसेपछि जनप्रतिनिधिसहितको टोली उद्धारमा खटिएको थियो । प्रतिनिधि सभा सदस्य गङ्गाराम चौधरी, नगरप्रमुख केवल चौधरीसमेत विपतमा परेका भजनीबासीको उद्धार र उनीहरुको सामान सुरक्षित स्थानसम्म सार्ने कार्यमा खटिएका छन  ।
 

प्रतिक्रिया