Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०५ जेठ २०८१

सर्पको टोकाइबाट बैतडीको पञ्चेश्वरमा एक किशोरीको मृत्यु

सर्पको टोकाइबाट बैतडीको पञ्चेश्वरमा एक किशोरीको मृत्यु

बैतडी : बैतडीमा सर्पको टोकइबाट एक किशोरीको मृत्यु भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको सर्पको टोकाइबाट मृत्यु भएको हो ।

महिनावारी भएको बेला गोठमै सुतिरहेको अवस्थामा अनितालाई मंगलबार राती सर्पले टोकेको र बुधबार बिहान उनको मृत्यु भएको वडा नं ४ को कार्यालयमा कार्यरत ईएमआइएस अपरेटर समेत रहनु भएका स्थानीय प्रेम बहादुर चन्दले जानकारी दिए । ‘महिनावारी भएको चार दिन भएको रहेछ, गाईर्भैँसीकै गोठमा सुतेकी रहिछन्, आफन्त चन्दले भने, मध्यराती सर्पले टोकेर घाइते बनाएको हो, आफन्तले बैद्यलाई बोलउन गएको समयमा उनको घरमै मृत्यु भयो’ । 
किशोरी अनिता नजिकैको जवलपुर मावि सैलोडामा कक्षा ९ मा अध्यानरत थिइन् । 
महिनावारी भएको बेला अधिकांस जसो महिला तथा किशोरीहरु गोठमै सुत्ने गरेको स्थानीय चन्दले बताएका छन् । ‘देविदेवताको डरका कारण केहि महिला तथा किशोरीहरु गोठमा सुत्छन्, केहि घरमा अलग्गै सुत्ने गरेका छन् ।

प्रतिक्रिया