Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०५ जेठ २०८१

डडेलधुरामा बाढीमा फसेका २ जनाको उद्धार

डडेलधुरामा बाढीमा फसेका २ जनाको उद्धार

डडेलधुरामा बाढीमा फसेका २ जनाको उद्धार गरिएको छ। परशुराम नगरपालिकामा पर्ने पुन्तुरा खोलामा आएको बाढीमा फसेका २ जनाको सकुशल उद्धार गरिएको हो। 

 

मंगलबार साँझ ६ बजेदेखि नदीको टापुमा फसेका परशुराम नगरपालिका—४ का महेश भाट र तेज भाटलाई राति साढे १२ बजे सकुशल उद्धार गरिएको हो।

 

उनीहरूको उद्धारमा नेपाल प्रहरी, सशस्त्र बल प्रहरी, नेपाली सेना, जनप्रतिनिधि, नगरपालिका कर्मचारी र स्थानीय युवा खटिएका थिए।

प्रतिक्रिया