Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०५ जेठ २०८१

मुख्यमन्त्री शाहद्धारा अवरुद्ध सडकको अवलोकन

मुख्यमन्त्री शाहद्धारा अवरुद्ध सडकको अवलोकन

सुदूर पश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह र मन्त्रीहरुले मंगलवार अवरुद्ध भीमदत्त राजमार्ग र गोदावरी धामको अवलोकन गरेका छन् ।

विकास मन्त्री प्रकाश देउवा र आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टले मंगलवार साँझ अवरुद्ध सडक खुलाउन भईरहेको प्रयास र पहिरोबाट भएको क्षतिका बारेमा जानकारी लिए ।

भौतिक पूर्बाधार विकास मन्त्री देउवाले भीमदत्त राजमार्गको बुढीतोला क्षेत्रमा सोचेभन्दा ठूलो पहिरो गएको र कतिपय ठाँउमा सडक नै भासिएकोले यातायात सुचारु गर्न दुई दिनजति लाग्ने बताए ।

पहिरो पञ्छाउन आवश्यक स्रोत साधन र जनशक्ति परिचालन गरेका छौ । तर निरन्तर रुपमा पहिरो गईरहेकोले अवरोध हटाउन समस्या भएको छ, मन्त्री देउवाले भने, दुबैतिरबाट पहिरो हटाउने प्रयास जारी छ । चाँडोमा बुधवार साँझसम्म र ढिलोमा बिहीवारसम्म यातायात सुचारु हुने अनुमान गरेका छौ ।

बुढीतोलामा पहाड नै खस्किएर सडक भासिएको छ । सडकका बिभिन्न भागमा चिरा परेका छन् । बुढीतोलामा भासिएको सडकमा तत्काल यातायात सुचारु गर्न सक्ने अवस्था नै छैन । किनकी अविरल वर्षाका कारण पहिरो जाने क्रम रोकिएको    छैन ।

पहिरोका कारण भीमदत्त राजमार्ग अवरुद्ध भएपछि सुदूर पश्चिमका सातवटा पहाडी जिल्लासंग तराईको यातायात सम्पर्क टुटेको छ । भीमदत्त राजमार्गका बिभिन्न स्थानमा सयौ सवारी साधन र यात्रुहरु अलपत्र परेका छन् ।

बिरामीहरु सबैभन्दा बढि मर्कामा परेका छन् । सयौं ज्येष्ठ नागरिक, बालबालिका र बिरामीहरुलाई सुरक्षाकर्मीहरुले बोकेर उद्दार गरेका छन् ।
यसअघि एक दशकअघि खानीडाँडा क्षेत्रमा यसैगरी सडक भासिएको थियो ।

प्रतिक्रिया