Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०५ जेठ २०८१

खप्तड छेडेदहमा पहिरोले दुई घर विस्थापित, दर्जनौबढि उच्च जोखिममा

खप्तड छेडेदहमा पहिरोले दुई घर विस्थापित, दर्जनौबढि उच्च जोखिममा

बाजुरा— बाजुराको खप्तड छेडेदह गाउँपालिका २ पिपलगाउँका दुई घर पहिराले पूणर् रुपमा विस्थापित भएका छन । गत शनिबार राति परेको अबिरल बर्षाले घरको माथिबाट आएको पहिरोले दुवै घर चपेटामा परेका छन ।

अहिले उनिहरुका घरहरु बस्ने अवस्थाका समेत नभएको प्रहरी चौकी काँडाले जनाएको छ । त्यस्तै पहिराले गाउँका अन्य दर्जनौबढि घर उच्च जोखिममा परेका बताइएकाे छ ।

त्यसै गरि तिखाडाका स्थानिय गणेश सिहंको तिन तले घर र पिपलगाउँका बिरे कुवँरको २ तले घर पनि पूणर् रुपमा क्षेति गरेको प्रहरीको भनाई छ । अहिले उनीहरु दुवै परिवार भैसी बाध्ने छानोमा बसिरहेका स्थानियहरुले बताएका छन । अबिरल बर्षाका कारण जताततै आएको पहिरोले पुरै गाउँ नै पहिरोको चपेटामा परेको वडा अध्यक्ष भक्त बहादुर बुढाले बताएका छन ।

पिपलगाउँका दुई घर विस्थापित हुनुका साथै गाउँ वरिपरि अहिलेसम्म पनि पहिरो बगिरहेकाले गाउँ नै पहरोको चपेटामा परेकोे वडा अध्यक्ष बुढाले बताए ।
विस्थापित भएका दुवै परिवार अहिले छानोमा बसिरहेका र तत्काल व्यवस्थापनका लागि पहल भइरहेको वडा अध्यक्ष बताए । त्यस्तै पिपल गाउँमा रहेको एउटा झुलङं्गे पुलमा समेत पहिरोले बगाएकाले आवतजावतमा समस्या भएको उनले बताएका छन

प्रतिक्रिया