Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०५ जेठ २०८१

बुढीतोला–खानीडाँडा क्षेत्रको पहिरो हटाउने कार्य तिब्र

बुढीतोला–खानीडाँडा क्षेत्रको पहिरो हटाउने कार्य तिब्र

सुदूरपश्चिमका सात वटा पहाडी जिल्लालाई तराईसंग जोड्ने भीमदत्त राजमार्ग अन्तर्गत कैलालीको गोदावरी नगरपालिका र चुरे गाँउपालिकामा बिभिन्न स्थानमा गएको पहिरो खोल्ने क्रम तिब्र पारिएको छ ।

बिहानैदेखि अबरोध हटाउन लागेका छन् । यद्दपि सडक भासिएका कारण तत्काल यातायात सुचारु हुने संभावना छैन । पहिरो आउने क्रम जारी रहेका कारण अबरोध हटाउने कठिनाई भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले पहिरो हटाएर यातायात सुचारु गर्न कार्य तिब्र पारिएपनि सडक नै भासिएका कारण तत्काल यातायात सुचारु गर्न कठिनाई भएको बताए ।

कैलालीको बुढीतोला, खानीडाँडामा सडक भासिनुका साथै बिभिन्न ठाँउमा गएको पहिरोका कारण भीमदत्त राजमार्ग आज बिहानदेखि पूर्ण रुपमा अबरुद्ध भएको थियो ।

प्रतिक्रिया