Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०५ जेठ २०८१

बाढीले कैलालीको गोदावरी धाममा वितण्डा, लाखौका भौतिक संरचनामा क्षति

बाढीले कैलालीको गोदावरी धाममा वितण्डा, लाखौका भौतिक संरचनामा क्षति

धनगढी । बर्षासंगै आएको बाढी, पहिरोले कैलालीको धार्मीक पर्यटकीयस्थल गोदावरी धाममा ठूलो क्षति पुगाएको छ । सोमबार राति ७ बजेपछि आएको बर्षाले धाममा निर्माण गरिएका भौतिक संरचनामा लाखौको क्षति पुगाएको छ ।

स्थानीयका अनुसार शिवमन्दिर, विष्णु मन्दिर, संस्कृति पढाई हुने विद्यालयमा क्षति पुगाएका छ । बाढीमा फसेकाहरुलाई सोमबार राति १० बजे स्थानीयहरुले उद्धार गरेको थियो । बाढीले गोदावरीमा रहेको काठेपुलमा समेत क्षति पुगाएको छ ।

गोदावरी नदीमा फसेका ६ जनाको राति नै उद्दार गरिएको हो। करिब साढे १० बजेको समयमा आएको बाढीका कारण फसेकाहरुको ११ बजे राति उद्दार गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी निरीक्षक रबिन्द्रसिंह कार्कीको कमाण्डमा ११ जनाको प्रहरी टोली, संगै नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा नदीको बीच भागमा फसेकाहरुको उद्दार गरिएको जनाएको छ ।

प्रहरीले नदीमा फसेकाहरुमा ५ जना पुरुष र १ जना महिलागरी ६ जनाको उद्दार गरेको हो।

प्रतिक्रिया