Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०५ जेठ २०८१

सुदूरपश्चिमको सात जिल्ला जोडिने सडक भासियो, यातायात बन्द

सुदूरपश्चिमको सात जिल्ला जोडिने सडक भासियो, यातायात बन्द

सुदूरपश्चिमको पहाडी जिल्ला जोड्ने भिमदत्त राजमार्ग खानीडाडाँ र बुढीतोला क्षेत्रमा पहिरोले सडक भत्कीएर अवरुद्ध भएको छ । गतरातीको लगायता बर्षले कालोपत्रे सडक भत्कीएको छ भने धेरै ठाउँमा पहिरो गएको यात्रु नरेन्द्र भण्डारीले बताए ।

सुदूरपश्चिमका पहाडी जिल्ला डडेल्धुरा, अछाम, डोटी बाजुरा, बैतडी, बझाङ र दार्चुला आउने र पहाडबाट तराईका जिल्ला कैलाली, कञ्चपुर र काठमाण्डौ जाने यातायातका सधान बाटोमै रोकिएका छन् ।

हजारै यात्रुहरु बिचबाटोमै अलपत्र परेको भण्डारीले बताए । धेरै ठाउँमा पहिरो गएर सडक नै भासिएकाले सुचारु हुन केही दिन नै लाग्न सक्ने देखिएको छ।

प्रतिक्रिया