Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०५ जेठ २०८१

पञ्चदेवल विनायक नगरपालिकाका विनोद शाहीको हत्याका मुख्य आरोपित सर्जन बहादुर शाही पक्राउ

पञ्चदेवल विनायक नगरपालिकाका विनोद शाहीको हत्याका मुख्य आरोपित सर्जन बहादुर शाही पक्राउ

पञ्चदेवल विनायक नगरपालिका–४ का स्थानीय विनोद शाहीको हत्याका मुख्य आरोपित सर्जन बहादुर शाही पक्राउ परेका छन् ।
उनलाई काठमाडौंको धापासीबाट पक्राउ गरिएको महाराजगञ्ज प्रहरी वृत्तका डीएसपी अंगुर जिसीले जानकारी दिए ।

शाही २०७९ जेठ २१ गते बिहान करिब १० बजे अछाममा मृत फेला परेका थिए । जेठ १७ गते साँझ नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पञ्चदेवलमा विवाद भएको थियो ।

त्यसपछि बेपत्ता भएका शाहीको शव २१ गते बिहान स्थानीयले फेला पारेका थिए । उनले हत्या भएको भन्दै नगरप्रमुख चलाउने सहित १३ जनाविरुद्ध आफन्तले जाहेरी दर्ता गरेका थिए ।

प्रतिक्रिया