Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०५ जेठ २०८१

साँफेबगरमा बीमा अभिकर्ता तालिम सम्पन्न

साँफेबगरमा बीमा अभिकर्ता तालिम सम्पन्न

अछाम जिल्लाको प्रमुख व्यपारीक केन्द्र साँफेबगरमा बीमा अभिकर्ता तालिम सम्पन्न भएको छ। बीमितहरुको दायित्व वहनको लागि सबै भन्दा ठुलो जीवन बीमा कोष भएको र जीवन बीमाको कारोबार गर्ने जीवन बीमा कम्पनी एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड साँफेबगर शाखाले शनिबार अभिकर्ता तालिम सम्पन्न गरेको हो।
अभिकर्ता तालिमको माध्यमबाट व्यवसाय विस्तार र आम नागरिकमा बीमाको आवश्यकता र महत्वको बारेमा जानकारी प्रदान गर्ने उद्धेश्यले नयाँ तथा पुराना अभिकर्ताहरुलाई लक्षित गरि तालिम संचालन गरेको बताईएको छ।
साँफेबगर शाखाको अयोजनामा भएको तालिममा २८ जना प्रशिक्षार्थी अभिकर्ताहरुको सहभागिता रहेको थियो। एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड साँफेबगर शाखाका प्रमुख पूर्ण बहादुर बिष्टले तालिमको सहजिकरण गर्नु भएको थियो। तालिममा नेपालमा बीमाको इतिहास, बीमाको संभावना र एशियन लाईफ इन्स्योरेन्समा बीमा किन गर्ने लगायत एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका योजनाहरु लगायत बीमा व्यवसायको सम्बन्धमा प्रशिक्षण दिनु भएको थियो।

प्रतिक्रिया