Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०५ जेठ २०८१

मंगलसेन बजार विकास तथा प्रवर्द्धन समितिद्धारा आगलागी पिडित भण्डारी र बिष्टलाई राहात हस्तान्तरण

मंगलसेन बजार विकास तथा प्रवर्द्धन समितिद्धारा आगलागी पिडित भण्डारी र बिष्टलाई राहात हस्तान्तरण

चक्र प्रशाद जैसी अछाम - मंगलसेन बजार विकास तथा प्रवर्द्धन समितिले आगलागी पिडितलाई राहात हस्तान्तरण गरेको छ । यही साउन ११ गते घरमा विद्युत सट भएर घरमा आगलागी भई क्षति व्यहोरेका अछाम जिल्लाको सदरमुकाम स्थीत मंगलसेन बजार निवासी मना भण्डारी र अर्जुन बिष्टलाई राहात हस्तान्तरण गरेको हो ।

बजार विकास तथा प्रवर्द्धन समितिको अगुवाईमा मंगलसेन बजार क्षेत्रबाट संकलन गरिएको राहात एक कार्यक्रमका विच हस्तान्तरण गरिएको समितीका सचिव राजेश भाटले जानकारी दिनुभएको छ । घरमा आगलागी हुदा घरभित्र रहेको अन्नपात, लुगाकपडा,भाडाकुडा जलेर ठुलो क्षति व्यहोरेकी मना भण्डारीलाई १८ हजार ३ सय २० र बिष्टलाई ८ हजार २ सय २५ रुपैयाँ आर्थिक सहयोग गरिएको हो ।

संकल गरिएको  जम्मा २६ हजार ५ सय ४५ रुपैयाँ आगलागी पीडित मना भण्डारी र अर्जुन बिष्टको घरमै पुगेर हस्तान्तरण गरिएको समितिले जनाएको छ । यस्तै यस अघि मंगलसेन नगरपालिकाले पनि पीडित भण्डारीलाई त्रिपाल, एक जोर ओढ्ने ओछ्याउने, प्रेसरकुकरसहित एक जोर भाँडाकुँडा, प्रदान गरेको थियो ।

आगलागीमा  १ तोला सुन, ५० हजार नगद रुपैया, १० तोला चाँदी, धान,गहुँ र चामल २÷२ कट्टा, दराज, खटीया, मोवाइल, टिभी, १÷१ वटा र बेड बिस्तरा, कागजपत्र सबै जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।

थोरै भएपनी आगलागि पिडितलाई सहज होस भन्ने उदेश्यले राहात संकलन गरिएको समितिका कोषाध्यक्ष ईन्दु पाण्डेले बताउनुभयो । कार्यक्रममा बोल्दै बजार विकास तथा प्रवद्र्धन समितिका अध्यक्ष गोपाल बोगटीले भरखरै गठन भएको समितिको यो पहिलो सुरुवात भएको र आगामी दिनमा पिडित भण्डारीको घर निर्माणमा समेत आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । बजारका व्यपारीहरुको हकहित तथा मंगलसेन बजारको सरसफाईका विषयमा समितिले कामगर्ने बताउनुभयो । मंगलसेन बजार व्यवस्थित नभएको, फोहोर व्यवस्थापन नभएको व्यापक गुनासो बढेकाले हाम्रो मंगलसेन राम्रो मंगलसेन भन्ने नारालाई आत्मसाथ गर्दै समितिले आगामी दिनमा कामगर्ने बताउनुभयो ।

समितिका उपाध्यक्ष ज्ञानेन्द्र बहादुर स्वाँरले बजार विकास तथा प्रवद्र्धन समितिले बजार क्षेत्रमा जथाभावि रुपमा फालिएका मदिराका बोतल तथा फोहोर व्यवस्थापन गर्ने देखि अन्य रचनात्मक कार्यहरु गर्दै अघि बढ्ने बताउनुभएको छ । बजार क्षेत्रको सरसफाईका लागि समिति र नगरपालिकाको एक्लो प्रयासले मात्रै सम्भव नहुने भएकाले यस कार्यमा सबै बजारबासीले साथ दिन आग्रह समेत गर्नुभएको छ ।

राहात हस्तान्तरण कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष नाम सिं धामी, समाजसेवी नर बहादुर रावल, बजार विकास तथा प्रवद्र्धन समितिका पदाधिकारी, प्रहरी पत्रकार लगायत व्यापारीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन व्यापारी पुर्ण बहादुर बिष्टले गर्नुभएको थियो ।

प्रतिक्रिया