न्याय हेल्थ नेपालद्धारा केही कर्मचारीको करार सम्झौता नविकरण नहुने निर्णय स्थगित
न्याय हेल्थ नेपालले संस्थामा कार्यरत केही कर्मचारीको करार सम्झौता नबिकरण नहुने निर्णय हाललाई स्थगित गरेको छ । संस्थाका अध्यक्ष सुरज बैद्यले सरोकारवालाहरु संग भएको सुझाबका आधारमा उक्त निर्णय स्थगन गरिएको उल्लेख गरे ।
बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै अध्यक्ष बैद्यले गएको बैशाख ३१ गते संस्थाको कार्यकारिणी समितिले आगामी आर्थिक बर्ष २०७७/७८ का लागि संस्थामा कार्यरत केही कर्मचारीहरुको करार सम्झौता नबिकरण नहुने भनि गरेको निर्णय स्थगित गरिएको बताए ।
चालु खर्चका लागि अनुदान बिनियोजित गर्न तिनै तहका सरकारसंग आग्रह ।
न्याय हेल्थ नेपालद्धारा संचालित स्वास्थ्य संस्थाहरुमा सेवा व्यवस्थापन गर्न चालु खर्चका लागि आवश्यक अनुदान बिनियोजित गर्न स्थानिय, प्रदेश, तथा केन्द्र सरकार र सरोकारवालालाई विज्ञप्ती मार्फत आग्रह गरिएको छ ।
‘स्वर्गिय सिद्धार्थका परिवारलाई आर्थिक सहयोग तथा रोजगारीको प्रबन्ध मिलाईने‘
साथै गएको जेष्ठ २६ गते दिवंगत भएका बयालपाटा अस्पतालमा कार्यरत कर्मचारी स्वर्गिय सिद्धार्थ आउजीको परिवारलाई आर्थिक तथा रोजगारीको सहयोग गर्ने निर्णय गरिएको अध्यक्ष बैद्यद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।
सिद्धार्थको असामयिक निधनले सिंगो न्याय हेल्थ नेपाललाई मर्माहात बनाएको भन्दै संस्थाले मृतक आत्माको चिर शान्तिको कामना र शोकाकुल परिवारजनमा विज्ञप्ती मार्फत गहिरो समबेदना प्रकट गरेको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सानपा मा आई.पि.भि. खोप अभियान सम्बन्धि पालिका स्तरीय खोप समन्वय समितीसंग अभिमुखिकरण कार्यक्रम सम्पन्न
-
साँफेबगर नगरपालिकामा दुई दिने खोप कार्यक्रमको स्वास्थ्य संस्था स्तरीय सुक्ष्म योजना तर्जुमा गोष्ठी सुरु
-
आज सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिँदै
-
ने.वि संघ अछाम द्धारा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री लाई ज्ञापन पत्र
-
चौरपाटी गाउँपालिकाको निति तथा कार्यक्रम सार्वजनिक -पूर्णपाठ सहित
प्रतिक्रिया