Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०५ जेठ २०८१

सुदूरपश्चिममा कांग्रेसका भट्ट र नाउपाका चौधरी मन्त्रीमा नियुक्त

सुदूरपश्चिममा कांग्रेसका भट्ट र नाउपाका चौधरी मन्त्रीमा नियुक्त

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारलाई पूर्णता दिनुभएको छ ।

शाहले कांग्रेसका शिवराज भट्टलाई आन्तरिक मामिला तथा कानुन मन्त्री र नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको हो ।

यस्तै नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गरिएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ । नवनियुक्त मन्त्रीहरुको अहिले ६ बजे प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहण कार्यक्रम राखिएको छ ।

प्रतिक्रिया