Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०५ जेठ २०८१

डडेल्धुरामा गौरा पर्व भदौ ७ गते मनाइने

डडेल्धुरामा गौरा पर्व भदौ ७ गते मनाइने

धनगढी । डडेल्धुरामा गौरा पर्व भदौ ७ गते मनाइने भएको छ । यँहि साउन २ गते नेपाल पञ्चाङ्गग निर्णयकसमितिले एक विज्ञप्ती सार्वजनीक गर्दै भदौ ७ गते नै गौरा पर्व रहेको जानकारी गराएको थियो । मानसखण्ड पञ्चाङ्गगमा भदौ २१ गते गौरा पर्व रहेको सार्वजनिक भएपछि अन्योलता बढेको थियो ।

तर, शनिबार डडेल्धुरामा भएको छलफलले भदौ ७ गते नै उपयुक्त भएको र ७ गते नै गौरा पर्व मनाउने निर्णय गरिएको ज्योतिष पंडित जयप्रकाश जोशीले बताए । ‘बरु २१ गते गौरा पर्व मनाउंदा हानी नोक्सानीको योग रहेकाले उपयुक्त छैन,’ उनले भने।

शनिबार डडेल्धुराको उग्रतारा मन्दिरमा गौरा पर्वको मिति तय गर्ने विषयमा छलफल भएको थियो । सदियौदेखि एकआपसमा भाईचारा स्थापना गरी धार्मिक, सास्कृतिक पहिचान बोकेको गौरा पर्व मनाईने परम्परा र दिन एउटै होस भन्ने उदेश्यका साथ छलफल गरिएको उग्रतारा बेद बिद्याश्रमका प्राचार्य प्रेमराज भटटले बताए । गौरापर्व सुदूरपश्चिम र कर्णाली प्रदेशको पहिचानका रुपमा रहेको छ । भारतको कुमाउ र गडवालमा समेत यो पर्व मनाइन्छ ।

प्रतिक्रिया