Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०५ जेठ २०८१

महाकाली नदीको बहाव स्थिर

महाकाली नदीको बहाव स्थिर

धनगढी । डेडेल्धुरा स्थित महाकाली नदीको बहाव स्थिर बनेको छ । केही घण्टा अघि सर्तकता तह पार गरेको सो नदीको बहाव घटेर अहिले स्थिर बनेको हो ।

महाकाली नदीको डडेलधुरास्थित पारिगाउँ बाढीमापन केन्द्रमा जलसतह सतर्कता तह ५.७८ मिटर पुगेको छ ।
यसअघि सो नदीको बहाव ५.८० मिटर पुगेको थियो । जुन सर्तकता तहभन्दा माथि थियो ।

जलसतह स्थिर रहेपनि नदी तटीय क्षेत्रका मानिसलाई सर्तकता अपनाउन महाशाखाको अनुरोध छ ।

प्रतिक्रिया