Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०५ जेठ २०८१

साँफेबगर नगरपालिका ७ रिडिकोटमा खोप सरसफाइ र स्वास्थ्य बारेमा आमाहरूसँग छलफल

साँफेबगर नगरपालिका ७ रिडिकाेटमा सरसफाई र स्वास्थ्य बारेमा आमाहरूसँग छलफल गरिएको छ।

नियमित खाेप कार्यक्रम अन्तर्गत विपि स्मृति आवसिय विधालय खाेप केन्द्रमा आमाहरुसँग खाेप , सरसफाई र स्वास्थ्यका बारेमा छलफल गरिएको वडा अध्यक्ष हिक्मत कडायतले जानकारी दिए।

आमा र अभिभावकहरूले आफ्नो बच्चालाई खोप लगाउन हरेक पटक खोप केन्द्रमा आउँदा सरसफाइ प्रवर्द्धन सम्बन्धी व्यवहार परिवर्तन क्रियाकलापमा सहभागी भई सरसफाइ सम्बन्धी पाँच स्वस्थ्यकर व्यवहारहरू सिक्न र सिकाउन आफनो दैनिक व्यवहारमा लागू गरी आफु र आफ्ना बच्चालाई स्वस्थ र निरोगी बनाउन योगदान पुर्याउने उदेश्यका साथ छलफल गरिएको अध्यक्ष कडायतले बताए ।

कार्यक्रममा जन्मेको ६ महिनासम्म मेरो बच्चालाई आमाको दुध मात्र खुवाउने बच्चा ६ महिना पुगेपछि थप पोषिलो खाना खुवाउने , परिवारका सबै जनाले खाना राम्रो संग पकाएर र पहिले नै पकाएर राखेको खाना पुनः खादा राम्रोसंग तताएर खाने प्रतिबद्धता जनाएका छन।

प्रतिक्रिया