Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०५ जेठ २०८१

बाजुराको बाउली खोलामा ट्याक्टर बगाउदा चालक बेपत्ता, ड्राइभरको खाजी कार्य जारी

बाजुराको बाउली खोलामा ट्याक्टर बगाउदा चालक बेपत्ता, ड्राइभरको खाजी कार्य जारी

बाजुरा,  मार्तडी कोल्टी सडक अन्तरर्गत बडिमालिका नगरपालिका ९ बाउली खोलामा ट्याक्टर खोलाले बगाएको छ । ट्याक्टर सहित ड्राइभर समेत बेपत्ता भएको प्रारम्भीक जानकारी प्राप्त भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार हिजो राती ११ बजे तिर कोल्टीबाट मार्तडी आउदै गरेको से २ त ३२२५ नम्मरको ट्याक्टर करिव २० मिटर तल ढुगांमा अड्कीएको अवस्थामा फेला परेको र चालक डुवनारायण चौधरी बेपत्ता भएको जनाएको छ ।

सो ट्याक्टर डोटि जिल्ला घर भई हाल सदरमुकाम मार्तडीका होलसेल ब्यापारी पुष्प खड्काको रहेको प्रहरीले जनाएको छ । बेपत्ता रहेका ड्राइभर चौधरीको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक कबिन्द्रसिहं बोहराले बताएका छन ।

प्रतिक्रिया