Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०५ जेठ २०८१

बैतडीमा पहिरोमा पुरिएर आमा छोराको मृत्यु, तीन जना घाइते

बैतडीमा पहिरोमा पुरिएर आमा छोराको मृत्यु, तीन जना घाइते

बैतडीको पुर्चौडी नगरपालिका-२ को भैरु टोलमा आईतवार राति पहिरो पुरिएर आमा छोराको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् ।

प्रहरीका अनुसार मृत्यु हुनेमा  २५ वर्षीया अञ्जु जागरी र उनका ५ वर्षीय  छोरा रिजन जागरी रहेका छन् । 

इलाका प्रहरी कार्यालय पाटन प्रहरी निरीक्षक कमल प्रसाद चौधरीले मृतक अञ्जुका सासुआमा ४५ वर्षीय राइमती र देवर १७ वर्षीय गोब्बर जागरी घाईते भएको जानकारी दिए ।

प्रहरीले मृतक अञ्जुको घरमा पाहुना बस्न आएकी छिमेकी ६० वर्षीय जस्मा बोहरा पनि घाइते भएकी छन्।

प्रतिक्रिया