Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०५ जेठ २०८१

अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना ,एक जनाको मृत्यु

अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना  ,एक जनाको मृत्यु

अछाम ः अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना भएको छ। जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाको कालिकास्थान नजिक मलामी बोकेर घाटतिर जादै गरेको भे १ त ६७५६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो।

मृत्यु हुनेमा पञ्चदेवल विनायक नगरपालिका–६ का २४ वर्षीय दिर्घ विक रहेका छन्। दुर्घटनामा परेर ३३ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्थाको गम्भीर रहेको अछाम प्रहरीले जनाएको छ। घाइते २४ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने ९ जनाको नजिकको स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घुम्तिमोडमा ट्याक्टर मोड्ने समयमा दुर्घटना भएको हो।

प्रतिक्रिया