Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०५ जेठ २०८१

डोटीमा सरकारी गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु ३ घाइते

डोटीमा सरकारी गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु ३ घाइते

डोटी, असार २७
डोटीको आदर्श गाउँपालिका वडा नम्बर २ मौवामा सरकारी गाडी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना सामान्य घाइते भएका छन् ।

जिल्ला समन्वय समिति डाेटीकाे बा १ झ ९४३४ नम्बरको सरकारी गाडी दुर्घटना हुँदा आदर्श १ स्याउले घर भएकी ६५ बर्षिय हिरा खड्काको मृत्यु भएको घटनास्थलमा खटिएका प्रहरी निरिक्षक यक्षराज जोशीले जानकारी दिए ।

घटना बेलुकी ६ः३० बजे भएको हो । गाडी आदर्श गाउँपालिकाबाट सायल गाउँपालिका तर्फ जाँदै गर्दा अनियन्त्रीत भइ कच्ची सडकबाट ५ मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।

घाइते हुनेहरुमा बीर बहादुर खड्का, रबीन्द्र सुनार र टेकबहादुर तिरुवा रहेको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको अवस्था सामान्य रहेको बताइएको छ ।

प्रतिक्रिया