Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ०६ जेठ २०८१

राप्रपा सांसद विष्टको गुनासो- हामी वडामा बहिस्कृत छौं मन्त्रीज्यू ! यसको जिम्मा कसले लिने ?

राप्रपा सांसद विष्टको गुनासो- हामी वडामा बहिस्कृत छौं मन्त्रीज्यू ! यसको जिम्मा कसले लिने ?

धत्रनगढी । सुदूरपश्चिम सरकारले ल्याएको बजेटको छलफलका क्रममा राप्रपा सांसद खेमादेवी बिष्टले आफू वडामा बहिस्कृत भइसकेको गुनासो गरेकी छन् ।

आफूले बुझाएका योजनाहरू बजेटमा नआएपछि विगत २५ दिनदेखि घर बाहिर निस्कन नसक्ने अवस्था रहेको उनको गुनासो थियो ।

‘हामी त्रासपूर्ण वातावरणमा बसिरहेका छौं । हिजो २५ गते बाहिर निस्केका छौं । बाहिर निस्किने वातावरण छैन । हामीलाई नगरसभामा बहिस्कार गरिएको छ । वडामा बहिस्कार गरिएको छ । हाम्रो क्षेत्रमा हिँड्ने अनुमति छैन । हामी कहाँ जाने रु यो २६ गतेसम्म घरमा मात्रै बसेको छु’, उनको भनाइ थियो, ‘हामीलाई त्रासपूर्ण वातावरणमा बस्न बाध्य पारियो । मन्त्रीज्यू, यसको जिम्मा कसले लिने ?’

आफूहरूले प्रत्यक्ष जनताका सरोकारका योजना उपलब्ध गराउँदा पनि सरकारले सम्बोधन नगरेको विष्टको गुनासो थियो । मेयरको तोक लगाएर जिल्ला समन्वय समितिमार्फत पठाएको र आफ्नै लेटर प्याडमा लेखेका योजनाहरू नपरेको भन्दै उनले आक्रोश पोखिन् ।

‘खुट्टामात्रै ढोग्न बाँकी राखेका थियौं । त्यसरी योजना पेस गर्‍यौं । तर, एउटा पनि योजना परेन । भौतिक मन्त्रालयमा ४४ वटा योजना पठाएको थिएँ । एउटा पनि परेन । अरूबाट पनि परेन’, उनले गुनासो गरिन् ।

५ करोड आवश्यक पर्ने सडकमा ५ लाख उपलब्ध गराएको भन्दै उनले शीर्षक संशोधन गर्न माग गरिन् ।

प्रदेश सांसद बिष्टले बजेट पूर्ण रुपमा संशोधन गर्न पनि माग गरिन् । बजेट संशोधन नभए पास हुन नदिने उनले चेतावनी दिइन् ।

प्रतिक्रिया