Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ०६ जेठ २०८१

दार्चुलामा योजना थुप्रै परे तर सांसदले बोलेको परेन : साँसद धामी

दार्चुलामा योजना थुप्रै परे तर सांसदले बोलेको परेन : साँसद धामी

धनगढी ।  । सुदूरपश्चिम प्रदेशमा आजबाट बजेट माथिको छलफल सुरु भएको छ । असार १ गते सरकारले ल्याएको बजेटमाथि आजबाट छलफल सुरु भएको हो ।

बजेटमाथिको छलफलका क्रममा कांग्रेस प्रमुख सचेतक विक्रमसिंह धामीले आफ्नो निर्वाचन क्षेत्र दार्चुलामा थुप्रै योजना परे पनि सांसदका योजनाहरू नपरेको गुनासो पोखेका हुन् ।

‘दार्चुला जिल्लामा पनि बजेट प्रशस्त गएको छ तर, सांसदले बोलेका कुराहरू हुन सकेको छैन । आगामी दिनमा यस्ता कुरा हुन नदिने वातावरण सृजना हुनुपर्छ’ उनले बजेट माथिको छलफलमा भनेका थिए ।

धामीले बजेट निर्माण प्रक्रियामा सांसदहरूको प्रत्यक्ष भूमिका हुनुपर्ने बताए ।

‘सांसद प्रत्यक्ष भूमिकामा बजेट निर्माणको व्यवस्था भएको भए यो समस्याको अन्त्य हुने थियो ’ उनले भने । नीति तथा कार्यक्रम उत्कृष्ट भएपनि बजेटमा गुनासो आएको धामीको भनाइ थियो ।

प्रतिक्रिया